आदरणीय दिदी बहिनी तथा दाजूभाईहरु,
आगामी स्थानियतह को निर्वाचनमा नेपाल जनता पार्टीका उम्मेदवारहरुको चुनाव चिन्ह मा मतदान गर्नुहुन सम्पुर्ण मतदाताहरु लाई आह्वान गर्दै हार्दिक अभिवादन व्यक्त गर्दछौं ।
विभिन्न आन्दोनका सम्पुर्ण ज्ञात अज्ञात सहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । वि.सं. २००७ साल देखि नै नेपाली जनताले संविधान सभाबाट संविधान बनाउने त्यागमय संघर्ष गर्दै आएकोमा २०६२÷२०६३ सालको ऐतिहाँसिक महान जन आन्दोलनले मधेशी जनताको उल्लेख्य सहभागितामा प्राप्त सफलताको फलस्वरुप नेपाली जनताको आफ्नो जीवनशैली एवम् संस्कृति सुहाउँदो नयाँ संविधान बनाउने शुभ अवसर प्राप्त भयो । यस जन आन्दोलनमा नेपाल जनता पार्टीका नेता कार्यकर्ता सक्रिय भई लागेकाले देशका विभिन्न स्थानमा गिरफ्तारीमा परेका थिए । पछिल्लो पटकको निर्वाचित संविधान सभालाई येनकेन प्रकारेण नयाँ संविधान निर्माणमा सफलता त प्राप्त भयो तर पूर्वका संविधानमा उपेक्षित वर्ग समुदायहरुको अधिकार सुनिश्चितताको सवालमा नयाँ संविधान विवादास्पद भई सर्व स्वीकार्य हुन सकेन । नयाँ संविधानमा युगान्तकारी आन्दोलनको मर्मलाई समेट्न नसकेको र यथास्थितवादी पुरानो सोचले जनआकांक्षालाई सम्बोधन गर्न सकेको छैन ।
विश्वको एकमात्र हिन्दू राष्ट्र, राज्य शक्तिका स्रोत सनातन हिन्दू संस्कृति प्रति आस्थावान ८० प्रतिशत भन्दा बढी नेपाली जनताको धार्मिक आस्थाको अवमूल्यन गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको श्रेणीमा तत्कालका ३ दलीय सिन्डिकेटले खडा गरे र सनातनी जनतालाई मर्माहत तुल्यायो नयाँ संविधानमा धर्म निरपेक्षताको सवालमा नेपाल जनता पार्टीले घोर आपत्ति एवमं असहमति जनाई सनातन संस्कृति सापेक्ष हिन्दू राष्ट्रको संवैधानिक पुनसर््थापनाका लागि संघर्षरत रहने प्रण गरेको छ ।
नयाँ संविधानमा आफ्ना हक अधिकार सुनिश्चित भएको खोज्ने अर्धसतक भन्दा बढिले आफ्नो जीवन उत्सर्ग गरेको ऐतिहासिक साक्ष्य हाम्रा सामु स्थापित छन् अझ पनि भनाउँदा ठूला दलका कुटिल चाल रोकिएको छैन र संसद (सिन्डिकेट) बाहिरका राजनीतिक दलहरु दलीय हैसियतको आफ्नो चुनाव चिन्हबाट स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट बञ्चित छन् ।
नेपालको सम्प्रभुता, एकता अखण्डताका लागि राष्ट्रिय एकता सांस्कृतिक राष्ट्रवाद, हिन्दुत्व एवम् सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सर्वपंथ सम्भाव तथा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीतिद्वारा जनतामा निहित सार्वभौम सत्ता, बहुदलीय संसदीय शासन प्रणाली एवम् संघीय हिन्दु लोकतान्त्रिक गणतन्त्रको संवैधानिक व्यवस्था नै राष्ट्रको समग्र विकास र दीर्घकालिन शान्तिको लागि उत्तम मार्ग हो भन्ने मूल उद्देश्य एवम् दर्शनबाट नेपाल जनता पार्टीको स्थापना गरिएको र सोही बमोजिम राष्ट्रिय घोषणा पत्रद्वारा पार्टीको अवधारणा सार्वजनिक गरिसकेका छौं ।
स्थानीय स्तरमा विकासका कार्य, जनपक्षीय समस्याको निदानका लागि स्थानीय स्तरमा सक्षम, सामूहिक रुपमा सहअस्तित्वको आधारमा समाजलाई परिचालन गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसैले स्थानीय स्तरमा दलगत राजनीतिक प्रतिस्पर्धा र प्रभावबाट मुक्त निर्वाचनबाट स्थानीय प्रतिनिधिको छनौट हुनुपर्ने हाम्रो पार्टीको मान्यता हो । तसर्थ नेपाल जनता पार्टीको उद्देश्य नीति घोषणा पत्रको मर्म र भावनालाई आत्मसात गर्दै गाउँपालिका, नगरपालिकाको विकास र जनहितको कार्यलाई प्राथमिकीकरणमा राखि स्थान विशेषको आवश्यकता र पदीय दायित्व अनुसार जनहितमा कार्य गर्न देहायको प्रतिबद्धता सहित नेजपाको उम्मेदवारको पक्षमा मतदान गर्नका लागि हार्दिक अपिल गर्दछौं ।
आदरणीय दिदी बहिनी, दाजुभाइहरु
नेपाल जनता पार्टीको प्रतिबद्धता निम्नानुसार छ
- हामीले लोकतान्त्रिक पद्धतिभित्र स्थानीय सरकारी, स्वशासन र सुशासनको प्रत्याभूति गर्नेछौं ।
- मानवता, सामाजिक न्याय, नागरिकलाई प्रभावकारी सेवा, सुविधा र अवसरलाई केन्द्रविन्दुमा राखेर कार्य गर्नेछौं ।
- सार्वजनिक सेवालाई प्राथमिकतामा राखि ढिलो नगरी कार्य सम्पन्न गर्ने परिपार्टी व्यवहारमा उतार्नेछौं ।
- स्थान विशेषको तथ्यांक र अभिलेखका आधारमा सम्भावनाका क्षेत्रहरुको पहिचान गरी सार्वजनिक गरिनेछ र स्थानीय राय, सुझाव र सहभागिताका आधारमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना सहित कार्य आरम्भ गरिनेछ ।
- प्राविधिक तथा सिपमूलक शिक्षा दिलाउने पूर्वाधारको विकास गर्न प्रयास गरिनेछ ।
- न्यायोचित र पारदर्शीय प्रणालीलाई अवलम्बन गर्न जोड दिइनेछ ।
- स्थानीय उद्योग, स्थानीय रोजगारीको अवधारणा बमोजिम विस्तृत अध्ययन मार्फत उत्पादनका अवसर र क्षेत्रलाई सुविधा तथा प्राथमिकता दिइनेछ ।
- जल जमिन, जंगल, जलाधार स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिनेछ ।
- कृषि क्षेत्रको आधुनिकीकरण, कृषि उत्पादनमा वृद्धि र कृषकको राहतका लागि कृषि प्रबर्द्धन अभियान सञ्चालनमा प्राथमिकता दिइनेछ ।
- विद्युतीय सूचना प्रणालीको विकासलाई कृषि विकासमा प्रयोग गरिनेछ ।
- सार्वजनिक यातायात व्यवस्था, खानेपानी, ढल आदिको आधुनिकीकरण गरिने तर्फ ध्यान दिइनेछ । आवासलाई सुविधा युक्त र प्रदुषणमुक्त बनाउने तर्फ प्रयास गरिनेछ ।
- निःशुल्क सीपमूलक शिक्षा मार्फत विपन्न परिवारलाई सहयोग गरिनेछ ।
- स्वस्थ्य नागरिक अभियान अन्तर्गत प्रत्येक नागरिकको स्वास्थ्य विकासको सुविधा दिने तर्फ कार्यक्रम ल्याउन सरकारी निकाय एवम गैर–सरकारी संघ सस्था सँग सहकार्य गरिनेछ ।
- उन्नत विउ विजन समयमा उपलब्ध गरी उत्पादनमा वृद्धिका लागि, मलखादको व्यवस्थापनका लागि सरकारी अनुदान उपलब्ध गराउने प्रयास गरिनेछ ।
- गौबंश संरक्षणका लागि पालिका स्तरमा गौचरण तथा काँजी हाउसको व्यवस्था गरिनेछ ।
- प्रत्येक वडामा योग र प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा जोड दिइनेछ । आधारभूत उपचारको अन्तर्गत स्थायी नर्सिङ्ग सेवा र सुविधाको प्रबर्द्धन गरिनेछ ।
- माथि उल्लेखित प्रतिवद्धता वाहेक गाउँपालिका ÷नगरपालिका को स्थान विषेश को आवश्यकता र जनसाधारण को अपेक्षालाई ध्यान मा राखि स्थानिय स्तर का अन्य कार्यहरु गर्ने नेजपा उम्मेदवारहरुको विषेश तदारुखता हुनेछ ।
तसर्थ हाम्रो यस अभियानमा हातेमालो गर्दै नेपाल जनता पार्टीका उम्मेदवारहरु को चुनाव चिन्हमा मतदान गर्न हामी सम्पूर्ण दाजूभाई दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।
यो प्रतिवद्धता पढीदिनुभएकोमा धन्यवाद ।
जय श्रीराम । नेपालमा को
नेपाल जनता पार्टी
चुनाव प्रचार प्रसार समिति
0 Comments