नेपाल जनता पार्टीको बिधान २०६४ संग सम्बन्धित नियमावली

 नेपाल जनता पार्टीको

बिधान २०६४ संग सम्बन्धित नियमावली

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः यी नियमहरूको नाम नेपाल जनता पार्टी नियमावली २०७४ रहेको छ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,

क) “विधान” भन्नाले नेपाल जनता पार्टीको विधान २०६४ सम्झनु पर्छ ।

ख) “गाउँ÷नगर वडा समिति” भन्नाले विधानको धारा ११ अन्तर्गत उल्लेख भएको नेपाल भरीका गाउँ पालिका ÷ नगरपालिकाको वडाहरुमा ने.ज. पार्टीको कार्य समिति लाई जनाउँछ ।

ग) “कार्य समिति” भन्नाले विधानको धारा ११ अन्तर्गत गाउँपालिका÷नगरपालिका÷क्षेत्रिय÷जिल्ला एवं प्रदेशहरूमा नेपाल जनता पार्टीको कार्य समिति लाई जनाउँछ । 

घ) “कार्यकारिणी समिति” भन्नाले विधान बमोजिम गठन हुने केन्द्र स्तरमा भएको पार्टीको  कार्यकारिणी समितिलाई जनाउँछ ।

ङ) “पदाधिकारी” भन्नाले विधान वमोजिम गठित वडा देखि केन्द्रिय स्तर सम्मको विभिन्न तहको यस पार्टीको कार्यकारिणी वा कार्यसमितिको पदाधिकारी बुझाउनेछ । 

च) “नियमावली” भन्नाले विधानको धारा ४९ वमोजिम नेपाल जनता पार्टीको केन्द्रिय कार्यकारिणी समितिले बनाएको निययावली जनाउँछ ।

परिच्छेद २

(विधानको धारा ८, ९ र १० का नियमहरू)


१. पार्टीको सदस्यता फाराम (क) केन्द्र एवं सम्बन्धित प्रदेश स्तरमा क्रमसंख्या सहित छपाइनेछ र फारामको क्रमसंख्या प्रत्येक काल खण्डका लागि भिन्ना भिन्नै हुनेछ सदस्यता फाराममा तत्काल सम्बंधित अध्यक्ष को हस्ताक्षरको छाप लगाइनेछ ।

२. सदस्यता फाराम (५० वा २५ संख्याको) पुस्तिकाको रुपमा जारी गरिनेछ ।

३. जिल्लाहरुमा सदस्य बनाउने र नवीकरण गर्ने उत्तर दायित्व जिल्ला स्थित सम्पूर्ण इकाई कार्य समितिको हुनेछ प्रदेश इकाईहरुले जिल्ला इकाईहरुलाई सदस्यता फाराम पठाउने ब्यवस्था गर्नेछ्र । विशेष परिस्थितिमा व्यक्तिगत रुपमा पनि सदस्यता फाराम जारी गर्न सकिनेछ । पूर्व जारी सदस्यता फारामको हिसाव एवं रकम जम्मा गरे पश्चात् मात्र पुनः सदस्यता फाराम उपलब्ध गराइनेछ । कुनै पनि जिल्ला इकाईले सदस्यता फारामको वितरण सन्तोषजनक रुपले गर्न नसकेको अवस्थामा प्रदेश इकाईले त्यस्तो जिल्लाको इकाईहरुमा र व्यक्तिहरूलाई सदस्यता फाराम जारी गर्न सक्नेछ र सो को जानकारी सम्बन्धित जिल्ला इकाईलाई दिइनेछ ।

४. सदस्यता फाराम प्राप्तिको औपचारिक भरपाई सम्बन्धितबाट लिइनेछ । यदि कुनै इकाई÷व्यक्ति लाई जारी सदस्यता फारामको प्रयोग हुन सकेको छैन भने त्यस्तो अप्रयुक्त फाराम समयमा नै फिर्ता गरी हिसाव फर्छ्यौट गर्नुपर्छ । सदस्यता फारामको प्राप्तकर्ताको हिसाब फर—फारक भएको नपाइएमा सम्बन्धित लाई संगठनात्मक निर्वाचनमा सम्मिलित हुन दिने छैन ।

५.क) जिल्ला इकाईहरु, प्रत्येक सत्रमा थपिएका नयाँ सदस्य हरुको सूची पूर्वको सूचीहरुमा जोडी अद्यावधिक सदस्यहरुको सूची तयार गरिनेछ । कुन स्थानीय निकायको के कति सदस्य थपिए र कुल कति सदस्य संख्या पुग्यो आदिको पूर्ण विवरण प्रदेशलाई उपलब्ध गराउनुपर्छ ।

५.ख) सक्रिय सदस्यता फाराम (ख) प्रदेश इकाई÷केन्द्रबाट छपाईनेछ सदस्य हरुबाट प्राप्त सक्रिय सदस्यता शुल्क सहित निवेदन क्षेत्रिय इकाईहरुले सम्बन्धित जिल्ला इकाईको स्वीकृतिका लागि पठाउनेछन् । त्यस्तो निवेदन फाराम जिल्ला इकाई कार्यालय बाट स्वीकृत भई सोको विवरण ( सुची) तयार गरी माथिल्लो निकाय (प्रदेश÷केन्द्र) मा पठाइने छ । माथिल्लो निकायको कार्य सम्पादन समितिले समर्थन गरी सक्रिय सदस्यता सूचीको एक प्रति जिल्ला इकाई मार्फत सम्बन्धित, क्षेत्रिय इकाईहरुमा पठाइनेछ । सक्रिय सदस्यताको सूची केन्द्रिय कार्यालयमा प्राप्त नभएसम्म सम्बन्धित क्षेत्रीय इकाईको निर्वाचन हुने छैन ।

५.ग) माथि ५ (क) र (ख) अन्तर्गत कुनै पनि सदस्य एक भन्दा वढि स्थान बाट सदस्य हुन सक्ने छैन।

५.घ) कुनै पनि सदस्यले स्थान परिवर्तन गर्न चाहन्छ भने विधानको धारा १० अन्तर्गत तोकिएको समय भित्र निवेदन दिनुपर्नेछ ।

६. प्रदेश इकाई अथवा सो अन्तर्गतका इकाईहरु उल्लेखित नियम हरुको पालना नगरेमा त्यस्ता इकाई विरुद्ध अनुशासनात्मक कार्यवाहि हुनेछ । 

७. यस पार्टीको विभिन्न तहका इकाईहरु र केन्द्रको त्रिवर्षीय चुनावका लागि राष्ट्रिय कार्यकारिणीबाट समय तोकिइनेछ । सदस्य पंजिकाको प्राथमिक प्रकाशन स्थानिय क्षेत्रिय तथा जिल्ला इकाईको केन्द्रिय कार्यालयबाट हुनेछ र सक्रिय सदस्यताको पंजिका को प्रकाशन जिल्ला एवं प्रदेश इकाई केन्द्रबाट गरिनेछ ।

परिच्छेद ३

विधानको धारा १३ र १५ अनुसार पार्टीका सम्बन्धित क्षेत्रका सबै सदस्य चुनावका लागि निर्धारित स्थान, समय र मिति मा उपस्थित हुनु पर्नेछ र उम्मेदवारहरु निर्वाचनको समय भन्दा एक घण्टापूर्व आफ्नो नामाकंन पत्र (फाराम) भरी बुझाउन सक्नेछन् । नामांकन पत्रहरुको जांच पछि नाम फिर्ता लिनेको नामाकंन सूचीबाट नाम हटाई अवाश्यक भए सामान्यतया हातउठाएर वढि मत प्राप्त गर्नेको पक्षमा परिणाम घोषित गरिनेछ ।

धारा १७ सँग सम्वन्धित (क्षेत्रिय समिति ) 

धारा १७ अन्तर्गतका समितिको चुनाव गराउनका लागि सम्बन्धित क्षेत्रका ७५% स्थानिय निकायको कार्य समितिको गठन भई सकेको हुनुपर्नेछ ।

धारा १९ सँग सम्वन्धित (जिल्ला कार्य समिति)

जिल्ला स्थित ७५% क्षेत्रीय इकाई कार्य समितिको गठन विधिवत भएको जिल्ला इकाई कार्यसमिति गठन गर्न मिल्नेछ ।

मतदानको प्रकृया.

१. पार्टीको क्षेत्रीय इकाई देखि माथिका सम्पुर्ण चुनाव गोप्य मतदान को प्रकृयाद्वारा गरिनेछ ।

२. प्रदेश अध्यक्ष, राष्ट्रिय परिषद वा राष्ट्रिय अध्यक्षको चुनावका लागि समय सारिणी केन्द्रिय निर्वाचन समिति द्वारा जारी गरिनेछ ।

३. क्षेत्रीय, जिल्ला र प्रदेश चुनावका लागि मतदान हुने दिन भन्दा एक दिन पहिले नामांकन पत्र दर्ता गरिनेछ र नामांकन पत्रको जाँचपछि नाम फिर्ता लिने समय तोकिइने छ । सर्वसम्मत निर्वाचन हुने भए  पनि परिणामको घोषणा मतदानको लागि निर्धारित समयमा मात्र गरिनेछ ।

४. नाम फिर्ता लिने समय पश्चात् आवश्यक भएमा अर्कोदिन मतदान गराइनेछ । निर्वाचन अधिकारी द्वारा अध्यक्ष तथा समितिका सदस्यहरु को प्रत्याशीको नामावली सूची छुट्टा–छुटै मतदान केन्द्रमा नै हेर्ने स्थानमा टासिनेछ । मतदाता त्यसै सूचीको आधारमा मतपत्रमा लेखिएको नामको सामुन्ने (√)चिन्ह लगाई मतपेटिकामा खसालछन ।

५.मतदान केन्द्रमा प्रत्यासी र तिनको एक जना प्रतिनिधि लाई प्रवेश गर्ने अनुमति हुनेछ । मतदान  पश्चात नै मत गन्ती र परिणाम घोषणा गरिनेछ ।

६. अध्यक्ष पदका लागि मतदाताले एक जना उम्मेदवारकालागि मात्र मतपत्रमा सहि(√) लगाउन पाउनेछन् र परिणामको घोषणा साधारण वहुमतको आधारमा गरिनेछ । 

७. आफ्नो मतदान गर्न असक्षम भएको मतदाताले आफू खुशी कुनै मतदाता को सहयोग लिन सक्नेछ तर एक जना मतदाताको सहयोगी भई मतदिई सकेपछि अर्को मतदाता को सहयोगी हुन पाउने छैन ।

परिच्छेद ः४

निर्वाचन सञ्चालन (धारा ४६ सँग सम्वन्धित) 

१. राष्ट्रिय कार्यकारिणी समितिले पार्टीको त्रिवर्षीय निर्वाचन का लागि ३ सदस्यीय राष्ट्रिय निर्वाचन समिति को गठन गर्नेछ ।

२. राष्ट्रिय निर्वाचन समितिले प्रत्येक प्रदेश का लागि एउटा निर्वाचन अधिकारीको नियुक्ति गर्नेछ । जसले सम्बन्धित प्रदेश अन्तर्गत जिल्ला अध्यक्ष र सदस्यहरु, प्रदेश÷केन्द्रिय परिषद सदस्यको निर्वाचनको व्यवस्था गर्नेछ । प्रदेश निर्वाचन अधिकारी क्षेत्रीय इकाई निर्वाचन गराउनका लागि जिल्ला निर्वाचन अधिकारीको नियुक्ति गर्नेछ । जिल्ला निर्वाचन अधिकारीले स्थानीय इकाईको निर्वाचनका लागि क्षेत्रिय निर्वाचन अधिकारी को नियुक्ति गनेछ । जिल्ला र क्षेत्रीय निर्वाचन अधिकारी सम्बन्धित क्षेत्र भन्दा वाहिरको हुनु पर्नेछ प्रदेश निर्वाचन अधिकारी राष्ट्रिय परिषदको सदस्यताका लागि निर्वाचनमा उम्मेदवार हुनपाउनेछ ।

३. क्षेत्रीय स्तर सम्मको निर्वाचन विवादको निवटारा जिल्ला निर्वाचन अधिकारीद्वारा गरिनेछ । सात दिन भित्र त्यस्तो विवादको निपटारा गरिसक्नु पर्छ । जिल्ला निर्वाचन अधिकारी को निर्णय विरुद्ध केन्द्रिय निर्वाचन समितिद्वारा नियुक्त ३ सदस्यीय प्रदेश स्तरीय पुनर्विचार समिति समक्ष दस दिन भित्र पुनरावेदन गर्न सकिनेछ र सो पुनरावेदन माथि १५ दिनभित्र निर्णय सुनाउनु पर्नेछ ।

४. जिल्ला इकाई एवं केन्द्रिय÷प्रदेश परिषद को सदस्यहरुको निर्वाचन विवादहरुको समाधान गर्न ३ दिन भित्र प्रदेश निवार्चन अधिकारीमा निवेदन गर्नु पर्दछ र सोको निवटारा ७ दिन भित्र गरी  सक्नुपर्दछ । सो निर्णय विरुद्धको पुनरावेदन केन्द्रिय निर्वाचन समितिद्वारा नियुक्त ३ सदस्यीय केन्द्रिय पुनरावेदन कमिटिमा १० दिन भित्र गर्नु पर्दछ र सोको निपटारा एक महिना भित्र गर्नुपर्नेछ । 

५. प्रदेश अध्यक्ष लगायत सदस्यहरुको निर्वाचन एवं राष्ट्रिय परिषदको सदस्यको निर्वाचन का लागि राष्ट्रिय निर्वाचन समितिद्वारा सम्बन्धित प्रदेश भन्दा वाहिरको निर्वाचन अधिकारीको नियुक्ति गरिन्छ । प्रदेश स्तरमा निर्वाचनकालागि कम्तीमा ७५ प्रतिशत जिल्ला इकाईहरुको निर्वाचन सम्पन्न भएको हुनु पर्दछ ।

६. राष्ट्रिय निर्वाचन समितिद्वारा राष्ट्रिय अध्यक्ष र सदस्य हरुको निर्वाचन प्रकृया शुरु गर्न कम्तीमा ७५% प्रदेशबाट राष्ट्रिय परिषद सदस्य एवं महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको   हुनुपर्दछ । 

७. प्रदेश निर्वाचन अधिकारीद्वारा परिणाम घोषणा गरिएको १५ दिन भित्र गरिएको निर्वाचन याचिका  माथि प्रदेश कार्यकारिणीद्वारा गठित ३ सदस्यीय समितिद्वारा निपटारा गरिनेछ । सो निर्णय विरूद्ध एक महिना भित्र राष्ट्रिय कार्यकारिणीद्वारा गठित ३ सदस्यीय केन्द्रिय कमिटीद्वारा विचार गरिनेछ र यस कमिटिको निर्णय अन्तिम हुनेछ ।

धारा ४८ मोर्चा एवं वर्गीय संगठन को लागि नियम

१. नेपाल जनता पार्टी राष्ट्रिय कार्य सम्पादन समितिको शिफारिसमा राष्ट्रिय अध्यक्षद्वारा विभिन्न मोर्चा र संगठनहरुको राष्ट्रिय अध्यक्ष÷ संयोजकको मनोनयन गरिनेछ ।

२. प्रदेश अध्यक्षले सम्बन्धित मोर्चा÷वर्गीय संगठनको राष्ट्रिय अध्यक्ष÷संयोजकको सल्लाहमा मोर्चाको प्रदेश अध्यक्ष÷संयोजकको मनोनयन  गर्नेछ ।

३. मोर्चा को राष्ट्रिय कार्यसमितिमा निन्नलिखित सदस्य हुने छन् ।

क) सवै प्रादेशिक मोर्चा अध्यक्ष ।

ख) मोर्चा को राष्ट्रिय अध्यक्षले आफ्नो कार्य समितिका लागि मनोनित गरेको वढिमा ३० सदस्य ।

४. मोर्चा अध्यक्षले कार्य समितिमा मनोनीत गरेको सदस्य मध्ये २ उपाध्यक्ष २ महामंत्री एक कोषाध्यक्ष  र ३ मंत्रीको मनोनयन गर्नेछन ।

५. पार्टिको जिल्ला अध्यक्ष सम्बन्धित मोर्चाको प्रदेश अध्यक्षको सहमतिबाट त्यस मोर्चाको जिल्ला अध्यक्षको मनोनयन गर्नेछ । सहमति हुननसकेको अवस्थामा पार्टीको प्रदेश अध्यक्षले मोर्चाको जिल्ला अध्यक्षको मनोनयन गर्नेछ ।

६. मोर्चाको प्रदेश कार्यसमितिमा निम्नलिखित सदस्य हुनेछन ।

क) सवै जिल्लाका सम्बन्धित मोर्चाका अध्यक्ष 

ख) सम्बन्धित मोर्चाका प्रदेश अध्यक्षद्वारा कार्य समितिका लागि मनोनित बढीमा  ३० सदस्य 

७. प्रदेश मोर्चा अध्यक्षले कार्य समितिका लागि मनोनीत सदस्यहरु मध्ये २ उपाध्यक्ष  २ महामंत्री  १ कोषाध्यक्ष र ३ मंत्रीको मनोनयन गर्नेछ ।

८. पार्टीको क्षेत्रीय अध्यक्षले मोर्चाको जिल्ला अध्यक्षको सहमतिबाट मोर्चाको क्षेत्रीय अध्यक्षको मनोनयन गर्नेछ । यदि सहमति हुन सकेन भने पार्टीको जिल्ला अध्यक्षले मोर्चा को क्षेत्रीय अध्यक्ष को मनोनय गर्नेछ ।

९. मोर्चाको जिल्ला समितिमा निम्नलिखित सदस्यहरु हुनेछन्

क) सवै क्षेत्रीय मोर्चा अध्यक्ष र

ख) मोर्चा को जिल्ला अध्यक्ष द्वारा आफ्नो कार्य समितिका लागि मनोनीत वढीमा २० सदस्य  

१०. मोर्चाको जिल्ला अध्यक्ष ले आफ्नो समितिका लागि मनोनीत सदस्य मध्ये १ उपाध्यक्ष १ महामन्त्री १ कोषाध्यक्ष २ मन्त्री मनोनीत गर्नेछन ।

११. क्षेत्रीय मोर्चा अध्यक्षले पार्टीको क्षेत्रीय अध्यक्षको सल्लाहमा वढिमा २१ सदस्यीय क्षेत्रीय मोर्चा समितिको गठन गर्नेछ । त्यस मध्ये १ उपाध्यक्ष १ महामन्त्री १ कोषाध्यक्ष र २ मंत्री मनोनयन गर्नेछ ।

१२. महिला, युवा किसान मोर्चाहरुको जिल्ला स्तर र सो भन्दामाथिको इकाईहरुमा दलित तथा पिछडावर्गको उपयुक्त  समावेशिता हुनुपर्दछ ।

१३. युवा, किसान, पिछडिएको वर्ग तथा दलित मोर्चाको जिल्ला इकाई देखि माथिको इकाईहरुमा आवश्यक महिला सदस्य हुनुपर्नेछ ।

१४. यस्तै प्रकार ले अन्य वर्गीय संगठनहरुको पनि गठन गर्न सकिनेछ

१५. मोर्चा र वर्गीय संगठनहरुको कोषमा चन्दा, सहयोग लगायत ने.ज.पा. को सम्वन्धित इकाई द्वारा  व्यवस्थापन का लागि दिइएको रकम हुनेछ  । 

१६. मोर्चा÷वर्गीय संगठनको सवै कार्य व्यवस्थाहरुमा नेपाल जनता पार्टीको विधान तथा नियम लागु हुनेछन । 

१७. मोर्चा÷वर्गीय संगठनको राष्ट्रिय, प्रदेश र जिल्ला कार्य समितिहरुमा सक्रिय सदस्यहरुबाट मात्र मनोनयन गरिनेछ । 

१८. युवा मोर्चाको कार्यका लागि सामान्यतया ३५ वर्ष सम्मको उमेरका नेपाल जनता पार्टीको सदस्यहरु सम्मिलित रहेनछन् ।

समाप्त




Post a Comment

0 Comments